प्युठानमा मतान्तर बढाउँदै सूर्य थापा, गठबन्धन उम्मेदवार ४ हजार मतले पछाडि

 मंसिर ७, २०७९ बुधबार १५:२:५५ | एलबी थापा
unn.prixa.net

प्युठान -  प्युठानमा  नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका सूर्य थापाले मतान्तर बढाउँदै लैजानुभएको छ ।

सुरुवाती अग्रता कायम राख्नुभएका थापाले झिमरुक गाउँपालिकाको मत गणना हुँदा मतान्तर घटेको थियो । माण्डवी गाउँपालिकाको मतगणना हुँदा थापाले गठबन्धन तर्फबाट उम्मेदवार रहनुभएकी दुर्गा पौडेललाई ४ हजार ६६ मतले पछाडि पार्नुभएको छ ।

थापाले ७ वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म २७ हजार ९ सय ८९ मत प्राप्त गर्नुभएको छ भने पौडेलले २३ हजार ९ सय २३ मत प्राप्त गर्नुभएको छ । हालसम्म नौबहिनी, सरुमारानी, गौमुखी, झिमरुक, मल्लरानी र माण्डवी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

अब प्रतिनिधि सभातर्फ स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिकाको मतगणना हुन बाँकी रहेको छ । 

प्रदेश सभामा पनि एमालेकै अग्रता 

दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्युठानमा सुरुवातदेखि नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रदेश सभा क मा एमालेका तुल्सीराम शर्माले गठबन्धन तर्फबाट उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीलाई पछाडि पार्नुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार शर्माले १० हजार ७८ मत प्राप्त गर्नुभएको छ भने अधिकारीले ८ हजार १ सय ५१ मत प्राप्त गर्दै १ हजार ९ सय २७ मतको मतान्तर रहेको छ ।

त्यसैगरी प्रदेश सभा ख मा एमालेका हरि प्रसाद रिजालले ११ हजार ६ सय ७६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका सरोज थापाले १० हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया