मकवानपुर : भ्यान दुर्घटनामा १ जनाकाे ज्यान गयाे, अस्पताल जान्छु भनेर हिँडेका चालक सम्पर्कमा आएनन्

 पुस १७, २०७९ आइतबार १४:६:१५ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । मकवानपुरको भीमफेदी गाउँपालिका २ भैँसेमा रहेकाे कालीप्रसाद गण आर्मी ब्यारेक नजिकै पिकअप भ्यान दुर्घटना भएकाे हाे ।  

दुर्घटनामा बाराकाे विश्रामपुर गाउँपालिका ३ का राहुलकुमार पण्डितकाे ज्यान गएकाे हाे । दुर्घटना घाइते भएका पण्डितलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत्यु घोषणा गरेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । 

आज आइतवार बिहान त्रिभुवन राजपथ सडक खण्डअन्तर्गत हेटौँडाबाट दामन जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर नालीमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।  

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका गाडीका चालक फरार रहेका छन् । अस्पताल जान्छु भनेर हिँडेका गाडी चालक अहिलेसम्म सम्पर्कमा नरहेकोले खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया