तीन जिल्लाका ३ महिलाको हत्या गर्ने सिंह दम्पती पक्राउ

 पुस २४, २०७९ आइतबार १७:७:० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने 'सिरियल किलर' भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्धरूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले पक्राउ गरेको हो । 

यी दम्पतीले यही यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० वर्षीया राधा थापा, गएको कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका ५ की ७५ वर्षीया जीवकला थापा र गएको असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताउनुभयो । 

श्रीमतीसँग मिलेर हत्या गरेकाे सुशान्तले बताएपछि उनकी श्रीमती शितगंगा नगरपालिका १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा गरी तीन जना महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले आज आइतवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया