बाग्मती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेल र दुई मन्त्रीद्वारा पदभार ग्रहण, मन्त्रालयको सङ्ख्या घटाउन कार्यदल गठन

 पुस २६, २०७९ मंगलबार ११:२९:५६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले प्रदेशकाे मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएकाे हाे।

यसैगरी एमालेका तर्फबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलियाले पनि आफ्नै मन्त्रालयमा पदभार ग्रहण गर्नु भएकाे छ । राप्रपाका तर्फबाट मन्त्री बन्नु भएका विना विभागीय मन्त्री उद्धव थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गह्रण गर्नुभयो ।

पदभार ग्रहण गरेलगतै जम्मकट्टेलले यस प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन कार्यदल गठन गर्नु भएको छ । मन्त्रालयको सङ्ख्या  धेरै रहेको र घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गर्नुभयो । प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया