क्यानडाद्वारा श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे दाजुभाइमाथि प्रतिबन्धकाे घोषणा

 पुष २८, २०७९ बिहीबार ९:४१:५३ | रासस
unn.prixa.net

तस्बिर : गेटी इमेजेज

श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षेलाई क्यानडा सरकारले आफ्नो देशको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । 

सन् २००९ मा महिन्दा राजापाक्षे टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसङ्ख्यक मारिएका थिए । 

पश्चिमा देशले श्रीलङ्को सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भए पनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन । राजपाक्षे परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो देश बनेको छ । 

'अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्नेहरूविरुद्ध अन्तर्राष्ट्रिय दण्डहीनता अन्त्य गर्न क्यानडाले निर्णायक कदम चालेको छ,' विदेशमन्त्री मेलानी जोलीले विज्ञप्तिमा भन्नुभएको छ । 

दुवै दाजुभाइले आफूहरू पदमा रहँदा दशकौँ लामो गृहयुद्धका क्रममा भएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गरेका थिए । सन् २०१९ मा गोटाबाया राष्ट्रपति भएका थिए । देशमा व्याप्त चरम आर्थिक सङ्कटबाट आक्राेशित भएका नागरिकको निरन्तरको विरोध प्रदर्शन तथा सरकारी निवासमा प्रवेश गरेर आन्दोलन चर्काएपछि राजीनामा दिएर पलायन भएका उनीहरु सैन्य सुरक्षाको साथ सरकारी परिसरमा बसिरहेका छन् । 

यसैबीच, श्रीलङ्काको विदेश मन्त्रालयले बुधवार हिजाे क्यानडाका कार्यवाहक राजदूतलाई बोलाएर क्यानडाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया