भूकम्पबाट बच्न सन्धिखर्कमा यसरी गरियाे कृत्रिम अभ्यास

 माघ ३, २०७९ मंगलबार १९:५१:५५ | प्रेमनारायण आचार्य
unn.prixa.net

भूकम्पबाट बच्न अर्घाखाँचीकाे सन्धिखर्कमा गरिएकाे कृत्रिम अभ्यास

अर्घाखाँची – दिउँसोको समय मानिसहरू घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासी भूकम्प आएको भन्ने आवाज आयो । भूकम्प आयो बचाउनुहोस् भन्ने आवाज सुनियो । टुँडिखेलमा रहेको घर भूकम्पले गर्ल्यामगुर्लुम ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिसहरू भूकम्प आयो, घरमा आगो लाग्यो गुहार गुहार भन्दै बाहिर निस्किए । 

एकैछिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आयो । घरमा लागेको आगो निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो । त्यही बेला साइरन बजाउँदै एम्बुलेन्स आयो । च्यापिएको घरबाट निकालिएका घाइतेहरूलाई एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पठाइयो । त्यहाँ दमकल पनि आयो । घरमा लागेको आगो निभायो । सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छौँ चिन्ता नगर्नु भनेर सहानुभूति दिए । 

यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृत्रिम अभ्यासको हो । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिको थियो । 

साँच्चिकै भूकम्प आएकोजस्तो देखिने दृश्यमा उपस्थित भएकाहरूलाई भूकम्पबाट बच्न सकिने उपायका बारेमा डेमो प्रदर्शन गरिएको सन्धिखर्क नगरपालिकाका मेयस कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । भूकम्प जुनसुकै बेला पनि आउन सक्ने भएकाले कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।  

तस्बिर : प्रेमनारायण आचार्य

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया