सुदूरपश्चिम र कर्णालीमा भोलि हल्का पानी पर्ने, जमिन भिज्ने गरी वर्षाको सम्भावना तत्काललाई छैन : मौसमविद्

 माघ ४, २०७९ बुधबार ७:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन्  । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म नै मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् शान्ति कडेलले जानकारी  दिनुभयो ।

उहाँका अनुसार दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी न्यून चापीय प्रणालीकै कारण भोलि भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । मौसमविद् कडेलका अनुसार भोलि यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ तर तत्कालका लागि जमिन भिज्ने गरी वर्षा हुने सम्भावना भने छैन ।

मौसम बद्ली भइरहे पनि जमिन भिज्ने गरी तत्काललाई पानी नपर्ने उहाँको भनाई छ । यस्तै, अबको तीन दिन नै उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया