ग्लोबल आईएमईको १८औं वार्षिकोत्सवको अवसरमा विद्यार्थी लक्षित वित्...
पुस १४, २०८१ आइतबार
कञ्चनपुर – प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज सोमवार भीमदत्त नगरपालिका–११ भुजेला महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो ।
पूर्वजानकारीविना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरूसहित मजदुर नदीको बीच भागमा डुबेका थिए ।
आठ जना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । ‘ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाइ ट्र्याक्टरसहित चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो’, उहाँले भन्नुभयो, ‘इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले महाकालीमा फसेका मजदुरको सकुशल उद्धार गरेको हो ।’
नेपाली प्रशासनलाई जानकारी नदिइ भारतीय पक्षले सोमवार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासी बढेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।