मकवानपुरको बकैयामा हात्तीको आक्रमणबाट एक जनाकाे ज्यान गयाे

 फागुन १२, २०७९ शुक्रबार ८:२७:४९ | हरि हुमागाईं
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मकवानपुर – मकवानपुरको बकैयामा हात्तीको आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । बकैया गाउँपालिका वडा नम्बर–५ पावसका ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार गए राति बाख्रा ब्याएपछि गोठमा जाने क्रममा माझीलाई बाटोमै हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट बेहोस भएका माझीको उपचार गर्न हेटौँडा ल्याइएकोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि त्यही हात्तीले मनहरीमा एक महिलाको ज्यान लिएको थियो भने हेटाैँडा उपमहानगरपालिका–१८ मा एक पुरुषलाई घाइते बनाएको थियो ।

मकवानपुरमा जङ्गली हात्तीले उग्र रूप लिँदै जाँदा स्थानीय त्रसित बनेका छन् । मानव बस्तीमा हात्ती प्रवेश गरेर मान्छेमाथि आक्रमण गर्दा पनि प्रशासनले केही नगरेकाे स्थानीयकाे आराेप छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया