कान्तिलोकपथ बन्द भएपछि थानकोट–चित्लाङ हुँदै गुड्न थाले हेटौँडा जाने साना गाडी

 फागुन १८, २०७९ बिहिबार ११:१८:५९ | रासस
unn.prixa.net

मकवानपुर – कान्तिलोकपथ अन्तर्गत ललितपुरको बाग्मती र भट्टेडाँडामा सडकको मर्मतका कारण हेटाैँडा जाने साना गाडी थानकोट–चित्लाङ हुँदै गुड्न थालेका छन् । 

काठमाण्डाैको बल्खुबाट हेटौँडा तर्फ आउने दक्षिणकाली हुँदै सिस्नेरीतर्फको सडकमा आज बिहानैदेखि गाडी गुड्न थालेकाे जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काठमाण्डाैबाट कान्तिलोकपथ हुँदै हेटौँडातर्फ गाडी गुड्ने गरेकाे थियाे ।  

भीमफेदी–कुलेखानी सडक मर्मतका लागि करिब डेढ महिना अघिदेखि कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकखण्डलाई मर्मत गर्न हेटौँडाबाट काठमाण्डाैतर्फ जाने गाडीलाई चित्लाङ–थानकोट सडक भएर सञ्चालन गरिँदै आएको मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

केही दिनअघि यातायात व्यवस्था कार्यालय काठमाण्डाै एवम् निर्माण व्यवसायी र सरोकारसँग सम्बन्धित निकाय र स्थानीय प्रशासनको संयुक्त बैठकको निर्णयअनुसार, कार्यान्वयन गर्न कान्तिलोकपथको यातायात बन्द गरी थानकोट–चित्लाङको बाटो सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

काठमाण्डाैको बल्खुबाट हेटौँडातर्फ आउने साना गाडीलाई थानकोट–चित्लाङको बाटाेबाट आजदेखि आउँदाे चैत १० गतेसम्म सञ्चालनमा ल्याउने र हेटौँडाबाट कुलेखानी हुँदै काठमाण्डाैतर्फ जाने गाडीलाई चैत्र १० गतेसम्मलाई सञ्चालनमा निरन्तरता दिइने छ ।

काठमाण्डाैबाट हेटौँडा र हेटौँडाबाट काठमाण्डाैतर्फ जाने करिब दुई हजार साना गाडी दैनिक सञ्चालन हुने गरेको नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया