गएराति धेरै ठाउँमा हावाहुरी, पहाडी क्षेत्रमा आज पनि हुरीको सम्भावना

 चैत १, २०७९ बुधबार ७:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ ।

गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ । हावाहुरीले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन । मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि  वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हुरी चल्ने अनुमान गरिएको छ ।

गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र  गतिमा हावाहुरी चलेको थियो । प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया