बर्दिया र मकवानपुर आसपासका क्षेत्रमा वर्षा, काठमाण्डौमा पनि पानी पर्ने अनुमान

 चैत ३, २०७९ शुक्रबार ७:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बर्दिया र मकवानपुर आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बिहानैदेखि बर्दिया, मकवानपुरलगायत केही ठाउँमा हल्का पानी परिरहेको छ । आज अन्य क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

आज देशभरकै मौसम सामान्यतया बदली नै रहने मौसमविद् कँडेलले बताउनुभयो । धेरै ठाउँमा बिहानैदेखि बादल लागेको छ । दिउँसो केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ ।

आज काठमाण्डौमा पनि बेलुकीपख हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । ठूलो वर्षाको सम्भावना भने तत्कालका लागि नरहेको उनीहरुले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया