नवलपरासी र आसपासका नदीको बहाव बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

 चैत १७, २०७९ शुक्रबार १३:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नवलपरासी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएकोले त्यहाँ आकस्मिक बाढीको सम्भावना बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर डण्डा, बर्दघाट, परासी र आसपासको क्षेत्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन भएको भन्दै सुरक्षित रहन आग्रह गरेको छ ।

स–साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नारायणगढ–बुटवल सडक खण्ड भई यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपाउन महाशाखाको आग्रह छ । पश्चिमी वायुको प्रभावले अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँको मौसम बदली भएको छ । काठमाण्डौ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ भने पूर्वमा पनि पानी पर्ने क्रम सुरु भएको छ । मधेस प्रदेशका धेरै ठाउँमा पानी पार्ने बादल फैलिएको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

आज (शुक्रवार) र भोलि (शनिवार) को मौसम यस्तै रहने र पर्सि आइतवारदेखि मौसम खुल्दै जाने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज राति तराई मधेसका क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ । हावाहुरीको गति तीव्र हुने भएकाले सचेत रहन मौसमविद्को आग्रह छ ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया