धेरै ठाउँमा वर्षा, केही ठाउँमा हिमपात, भोलि मौसम सफा भए पनि पर्सिदेखि फेरि बदली

 चैत १८, २०७९ शनिबार १५:४४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा मौसम बदली भएर धेरै ठाउँमा पानी परिरहेको छ । हिजोदेखि पानी पार्न थालेको मौसमी प्रणालीका कारण आज पनि तराई र पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ । पछिल्लो १२ घण्टामा कर्णालीको तल्लो डुङेश्वरमा १० दशमलव २ मिलिमिटर, लुम्बिनीको नेपालगञ्ज विमानस्थलमा ११ दशमलव ४ मिलिमिटर, बबै जलाधारको पदम पुरमा २५ दशमलव ८ मिलिमिटर र सल्यान  बजारमा १९ दशमलव ९ मिलिमिटर पानी परेको छ ।

यस्तै, दाङमा १३ दशमलव ८ मिलिमिटर, बर्दघाटमा १६ मिलिमिटर, बाग्मतीको सिन्धुलीगढीमा ३ दशमलव ४ मिलिमिटर र कोशी प्रदेशको दमकमा १८ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यो बेला  धेरै ठाउँमा भारी वर्षा भएको देखिएको जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो । अहिले सक्रिय प्रणाली भोलि दिउँसोसम्म नै रहने उहाँले बताउनुभयो ।

भोलि दिउँसो पछि मौसम केही सफा भए पनि पर्सि फेरि अर्को प्रणाली सक्रिय भइ देशभर फैलने र बुधवारपछि मात्र मौसम सफा हुने जलवायु विज्ञ उप्रेतीले बताउनुभयो । अहिले पश्चिमी वायुको कारण भारतको जम्मु कश्मिरमा एउटा न्यून चापीय अवस्था बनेकोले अहिले नेपालमा वर्षा तथा हिमपात भइरहेको र आसाममा अर्को प्रणाली सक्रिय हुन थालेकाले पर्सिदेखि पुनः मौसम बदली हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया