पाँच वटा प्रदेशको मौसम आंशिक बदली : छिटपुट वर्षाको सम्भावना

 चैत २५, २०७९ शनिबार ७:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पाँच वटा प्रदेशमा मौसम आंशिक बदली भएको छ ।

कर्णाली प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज राति पनि कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कतैकतै छिटपुट वर्षाको सम्भावना छ । राति कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया