पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, ९ जना घाइते

 बैशाख १०, २०८० आइतबार १२:४४:८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरकाे फिदिम-११ चम्पेटारमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ। 

फालेलुङ-८ लुवाफुबाट सदरमुकाम फिदिमका लागि छुटेकाे मे १ ज २९५८ नम्बरको जीप आज बिहान दुर्घटनामा परेकाे हाे । दुर्घटनामा पाँचथरकाे फालेलुङ गाउँपालिका-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

दुर्घटनामा चालक छविअधिकारीसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीन जनालाई उपचारका लागि झापा रेफर गरिएकाे पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिनुभयो । घाइते ६ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया