पानी परेसँगै काठमाण्डौको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घट्यो, तराईमा पनि शीतल

 वैशाख १९, २०८० मंगलबार ८:५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पानी परेसँगै काठमाण्डौको अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घटेको छ । वैशाख पहिलो हप्ता २९ देखि ३० डिग्री सेल्सियस रहेको काठमाण्डौको अधिकतम तापक्रम हिजो २१ डिग्री सेल्सियसमा झरेको छ ।

गएको चैत अन्तिमतिर काठमाण्डौको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियससम्म पुगेको थियो । तर, केही दिनयता लगातारजसो पानी परिरहेकाले अधिकतम तापक्रम घट्दो छ । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ ।

तराईका जिल्लामा ४० देखि ४१ डिग्री सेल्सियससम्म पुगेको तापक्रम अहिले ३४ देखि ३५ डिग्री सेल्सियससम्म झरेको छ । वर्षासँगै मौसम बदली हुँदा र घाम नलाग्दा अधिकतम तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । गएको शनिवार दिउँसोदेखि धेरै ठाउँको मौसम धुम्म छ । पानी पर्ने र रोकिने क्रम चलिरहेको छ ।

आज पनि धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौसहित अन्य क्षेत्रमा दिउँसो पछि पानी पर्ने अनुमान रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्सि बिहीवारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया