पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै : मौसम खुल्न भने समय लाग्ने, आज पनि केही ठाउँमा पानी पर्ने

 वैशाख २१, २०८० बिहीबार ७:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि मौसममा केही सुधार आउने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

प्रि-मनसुनमा स्थानीय वायुको प्रभावले समेत वर्षा हुने भएकाले तत्काललाई दिनभरी घाम लाग्ने सम्भावना नरहेको उहाँको भनाइ छ । विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ ।

यस्तै, पानी नपरेका केही ठाउँमा पनि दिउँसो पछि मौसम बदली हुनेछ ।  अहिले कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको छ ।

दिउँसो पछि काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही र तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । गएको शनिवारयता देशका धेरै ठाउँमा पानी परिरहेको छ । तर, आजदेखि पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्न थालेकाले पानी पर्ने क्रम बिस्तारै हट्दै जाने मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया