भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो
कात्तिक १७, २०८१ शनिबार
लमजुङका किसानलाई धान थन्क्याउने चटारो, खेताला पाउन गाह्राे (फोटोफिचर)
लमजुङ – ‘युवाजति परदेश भासिएका छन् । काम गर्ने मान्छे पाउनै गाह्रो छ । बल्लतल्ल आज खेताला जुटाएर धान काट्दै छु,’ किसान तामाङले भन्नुभयो ।
दसैँ सकिएलगत्तै उहाँ खेती थन्क्याउन जुट्नुभएको हो । उहाँमात्र होइन, अहिले लमजुङका प्रायः सबै ठाउँका किसानलाई खेतमा लगाएको पाकेको धान थन्क्याउने चटारो छ ।
जिल्लाको सुन्दरबजार, भोटेओडार, अर्चलबोट, बेसीशहर, भोर्लेटार, धमिलिकुवा, हर्राबोट, तार्कुघाट, लगायतका ठाउँका किसानहरु फाँटमा पाकेको धान काट्न जुटिसकेका छन् ।
फेदीकुनाकै किसान झगमाया तामाङका अनुसार पछिल्लो समय खेती गर्नेहरुको संख्यामा कमी आएको छ । धेरै जग्गा बाँझा छन् ।
युवाशक्ति विदेश पलायन भएको छ । आफ्नो खेतीयोग्य जमिन बाँझै राख्ने, बरु बजारबाट खाद्यान्न बेसाएर (किनेर) खानेहरु बढ्दै गएका छन् ।
खेती लगाउन र खेती थन्क्याउन खेताला पाउनै मुश्किल पर्छ । खेताला पाइहाले पनि ज्याला खर्च महँगो पर्छ ।
‘अहिलेका मान्छे खेती गर्न चाहँदैनन् । गर्न सक्ने प्रायः परदेश छन् । खेती लगाउन, थन्क्याउन खेताला नै पाईंदैन । खेताला पाइहाले पनि ज्याला खर्च महँगो पर्छ । खेती गर्न गाह्रै छ,’ फाँटमा धान काट्न व्यस्त रहुनभएकी ५० वर्षीय झगमायाले भन्नुभयो ।
उहाँले सयफाँटमा ५ रोपनी जग्गामा धान लगाउनुभएको छ ।
उहाँका अनुसार धान काट्ने खर्च प्रति खेताला ६ सय रुपैयाँ पर्छ । बिटा लगाउने, बोक्ने र दाइँमा आउने खेतलाको ज्याला खर्च झनै महँगो छ ।
लमजुङमा १५ हजार ७ सय २ हेक्टर क्षेत्रफल जमिनमा बर्खे धान खेती गरिन्छ । ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धानको खेती गरिन्छ ।
लमजुङका किसानहरुले बढिमात्रमा रामधान, सुक्खा–२, लोकतन्त्र, सावित्रि, मकवानपुर लगायतका जातका धानको खेती गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।