भीमदत्त उत्कृष्ट पुरस्कारबाट डोटीका तीन जना किसान पुरस्कृत

 बैशाख २७, २०८० बुधबार १३:६:५६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका तीन जना किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुर डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, केआईसिंह गाउँपालिका–६ का हरीलाल जैसी र शिखर नगरपालिका–११ का कर्णबहादुर बलायरलाई उक्त पुरस्बाट पुरस्कृत गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा निवेदन दर्ता गर्ने आठ जनामध्ये तीन जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको निर्देशनालयले जनाएको छ । 

पुरस्कृत भएका किसानहरुलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका प्रमुख तथा निर्देशक यज्ञराज जोशीले जानकारी दिनुभयो।

किसानको कृषि क्षेत्रमा पछिल्लो समय प्रमुख समस्याको रुपमा जंगली जनावर रहेकाले यसको समाधान गरिनु पर्ने पुरस्कृत हुनु भएका किसान हरिलाल जैशीले बताउनुभयो ।

यसैगरी अर्का किसान कर्णबहादुर बलायरले आफू पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नु हुँदै अबको आफ्नो लक्ष्य भनेको जिल्लाकै नमूना कृषक बन्ने रहेको जानकारी गराउनुभयो ।

लामो समय रोजगारीको लागि भारतमा बसेका उहाँ हाल बाख्रा पालन पेसामा संलग्न हुनु भएको छ । पुरस्कृत हुनु भएका किसानहरुले जिल्लाका अन्य कृषकलाई पनि बाँझो जमिनलाई खेती योग्य बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले अब गाउँगाउँमा कृषि क्रान्ति गर्न आवश्यक देखिएको बताउनुभयो ।

बाँझो जमिनमा खेती गर्न किसानलाई उत्प्रेरित गर्दै सरकारले आवश्यक नीति ल्याउनुपर्ने उहाँको धारणा छ ।

किसानलाई अनुदानको व्यवस्थासहित कृषि क्षेत्रलाई बढवा दिँदा शिक्षा, स्वास्थ्यमा पनि स्वतः सुधार हुने प्रदेश कृषि निर्देशक जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किसानलाई अनुदान सहितको व्यवस्था गर्दा धेरै कुरामा फाइदा पुग्ने देखिन्छ, किसानलाई अगाडि बढाउन निर्देशनालय तयार छ ।’
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया