डोटीका गाउँमा माेबाइलबाट फाेन गर्न घाम लाग्नुपर्छ

 बैशाख २८, २०८० बिहिबार १५:४५:३४ | विमल बिष्ट
unn.prixa.net

प्रतीकात्मक तस्बिर

डोटी – सुन्दा पनि अचम्म लाग्न सक्छ– डाेटीका गाउँमा फाेन गर्नलाई घाम लाग्नुपर्ने हुन्छ । कहिलेकाहीँ त फोन गर्नलाई कि रुखमा चढ्नुपर्छ कि अग्लो डाँडामा जानुपर्ने बाध्यता छ । कुनै बेला त घाम नलागेदा रुखमा चढ्दा वा अग्लो डाँडामा जाँदा पनि नेटवर्कले काम गर्दैन ।

घाम लाग्दा मात्रै नेटवर्क आउने र बादल लागेको दिन नेटवर्क नआउने गरेका कारण यहाँका नागरिकलाई हैरानी हुने गरेको डोटीकाे सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोहरा ओलीले गुनासाे गर्नुभयाे । उहाँले भन्नुभयो, ‘फोन गर्न हामीले घाम कुर्नुपर्छ, यहाँका नागरिकको बाध्यता कसले बुझ्ने ?’ इन्टरनेट सेवा पनि भरपर्दाे नहुँदा गाउँपालिकाले संस्थागत स्व–मूल्याङ्कनका सूचकहरू समेत पूरा गर्न नसेको उपाध्यक्ष ओलीको भनाइ छ ।

यसैबीच नेपाल दूरसञ्चार प्राधिकरणले जिल्ला सदरमुकाममा बिहीवार आयोजना गरेको 'सार्वजनिक सेवा प्रवाहमा दूरसञ्चार एवम् सूचना प्रविधिको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले दूरसञ्चार सेवा गुणस्तरीय नभएको गुनासो गरेका छन् ।

‘बिहान घाम लाग्यो भने मोबाइलमा नेटवर्क आउँछ, बेलुकी घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउँछ’, बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला भन्नुहुन्छ, ‘दूरसञ्चार कम्पनीहरूले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने हाे भने गाउँपालिकालाई बिजुली सेवा प्रवाह गर्न समस्या छैन ।’ उहाँले सामान्य सूचना आदानप्रदान गर्न पनि इन्टरनेट सेवा प्रभावकारी नभएको अवस्थामा सार्वजनिक सेवा प्रवाहमा विद्युतीय माध्यम प्रयोग गर्न गाह्रो हुने बताउनुभयो ।

यसैगरी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पनि इन्टरनेट सेवा गुणस्तरीय नभएको गुनासो गर्नुभयो । दुई वर्षसम्म निःशुल्क सेवा दिने भनेर सामुदायिक विद्यालयहरूमा जडान भएको इन्टरनेट सेवा दुई महिना पनि नचलेको शिक्षाको क्षेत्रमा काम गर्ने संस्था सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैजसाे विद्यालयमा जडान भएको इन्टरनेटले काम नगर्ने अवस्था छ, कतै त बिजुली नहुँदा सामग्री लगेर थन्काइएको छ, जडानसमेत भएको छैन ।’

दूरसञ्चार कम्पनीहरू गुणस्तरीय सेवा प्रदान गर्नेभन्दा पनि आफ्नो सामान बिकाउनका लागि बढी सक्रिय रहेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सूचीकारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा २७ वटा विद्यालयमा इन्टरनेट जडान गर्ने भनेर सांग्रिला नामको कम्पनी आयो, जडान गरेर गयो तर एउटा विद्यालयमा पनि नेट चल्दैन ।’ जिल्ला सदरमुकाम रहेको नगरपालिकामा पनि फोन र इन्टरनेट सेवा राम्रोसँग नचल्ने गरेको प्रमुख प्रशासकीय अधिकृत सूचीकारको गुनासो छ । 

गाउँपालिकाका छ वटा वडामध्ये तीन वडामा मोबाइल नेटवर्कसमेत राम्रोसँग नचल्ने गरेको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेवा प्रवाहमा दूरसञ्चारको भूमिकामा बहस गर्दैछाैँ, दूरसञ्चार सेवा गुणस्तरीय छैन । पहिले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनु पर्‍याे अनि हामीलाई पनि बिजुली सेवा प्रवाह गर्न सजिलो हुन्छ ।’ दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनीहरूलाई सेवाको गुणस्तर सुधार गर्न प्राधिकरणले निर्देशन दिनुपर्ने जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Mahendra Rokaya

    May 14, 2023, 5:06 p.m.

    अहिले को यो बर्तमान समयमा कुनै पनि प्राबिधिक सम्सया का कारण ले गर्दा थुप्रै अफिसियल ाााााा ााकाम मा प्रबाह भई सामाजिक सन्जाल बाट पनि बन्चित हुनु पर्ने अबस्था छ जसमा नयाँ नयाँ प्रबिधी जान सिप का कुरा हरु बाट र देस को वर्तमान अवस्था बाट नि बन्चित रहेको अबस्था छ ! मोबाइल मा टावर कनेक्सन गर्ने का लागि घाम लाई पर्खनु पर्ने अबस्था छ हाम्रो दुर्गम क्षेत्रमा अझै पनि बिजुली बत्ती र नेटवर्क को अभाव हुदा नयाँ सुचना सुबिधा र नयाँ प्रबिधी बाट बन्चित भएको अवस्था छ जुन अवस्था लाई समाधान गर्न का लागि त्यहाँ का पालिका जनप्रतिनिधि हरुले पहल चाल्नु पर्ने अबस्था छ जुन सम्सया सायल गाउँ पालिका को सम्पुर्ण वडा हरुको प्रमुख सम्सया रहेको देखिन्छ ?

  •  0 Reply
  • Prashant Oli

    May 13, 2023, 6:48 a.m.

    घाम नलागेसम्म नमस्तेको टावर नदिने समस्या सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं ९ नादेकोटमा रहेको टावरमा पनि छ । जसको प्रत्यक्ष असर यस नगरपालिकाका वडा नं २, ३, ४ र ५ का सम्पुर्ण स्थानीय बासिन्दाले भोग्दै आएका छन् । आसा छ यो कमेन्ट देखेपछि हजुरको मिडियामा यसको पनि समचार सम्प्रेषण हुनेछ। जसले जनप्रतिनिधिलाई दिइने दबाबमा मद्दत पुग्नेछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया