'बिच भलिबल' मा आर्मीको विजयी सुरुवात

 बैशाख २८, २०८० बिहिबार १९:७:११ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाको रानीमहलमा आज बिहीवारदेखि सुरु भएको राष्ट्रिय बिच भलिबल प्रतियोगितामा विभागीय टाेली आर्मीले विजयी सुरुवात गरेकाे छ ।

रानीमहल परिसरमा भएको भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई २१–१५ र २१–११ काे सोझो सेटमा हरायाे । यस्तै गण्डकी प्रदेशले आयोजक पाल्पा भलिबल सङ्घलाई २१–११ र २१–१५ को सेटमा हरायाे । 

तेस्रो खेलमा सुदूरपश्चिम मैदानमा उपस्थित हुन नसकेपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ । यस्तै चौथो खेलमा गण्डकी प्रदेशले बाग्मती प्रदेशलाई २१–१६ र २१–१५ को सेटमा हरायाे । 

सञ्जय मेमोरियल फाउन्डेशनको आयोजना र पाल्पा भलिबल सङ्घको सहआयोजनामा सुरु भएकाे प्रतियोगितामा कोशीबाहेक छ वटा प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन गर्दै तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती दर्लामी चिदीले रानीमहललाई बिच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता जनाउनुभएकाे छ । 

प्रतियोगिताको विजेता टाेलीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टाेलीले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । यस्तै सानत्वना हुने टाेलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेशनकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया