दुलान फर्काएर घर हिँडेकी नायिका थापाको दुर्घटनामा मृत्यु, श्रीमान घाइते

 कात्तिक ६, २०७५ मंगलबार १८:४५:५५ | देव पचभैया
unn.prixa.net

पाल्पा – बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा ज्यान गएको छ । 
उहाँका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते हुनुभएकाे छ। 

मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गर्नुभएको छ भने पाल्पाका विभिन्न एफ.एम रेडियोमा समेत प्रस्ताेतामा रुपमा काम गर्नुभएको थियो । 

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उहाँहरू चढेकाे लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो । 

घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल  कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ । 

उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्व-अध्यक्षसमेत रहनुभएकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • gthapast

    Oct. 23, 2018, 8:54 p.m.

    दुखद।

  •  0 Reply

तपाईको प्रतिक्रिया