देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली : ‘मोखा’ चक्रवातको प्रभाव नेपालमा नपर्ने

 वैशाख ३०, २०८० शनिबार ७:५३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम आंशिक बदली भएका क्षेत्रको पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज काठमाण्डौ उपत्यकामा पनि मौसम बदली भएको छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

अहिले स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हिजोदेखि बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातका रुपमा परिणत भएको छ । तर यो चक्रवात उत्तर, उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेकाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया