बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले छुट सुविधाबारेको विवरण नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभएको छ ।
विपन्न एवम् लक्षित वर्गलाई स्वास्थ्य संस्थाबाट कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार तथा त्यसबारेको विवरण उपलब्ध गराउन यसअघि महानगरले आफ्नो क्षेत्रभित्रका स्वास्थ्य संस्थालाई सूचित गरेको थियो ।
तर ती स्वास्थ्य संस्थाले विवरण नदिएकोबारे मेयर शाहले स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई भेटेर नै ध्यानाकर्षण गराउनुभएको हो ।
मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षणसहित अटेरी गर्नेलाई कारबाही गर्न आग्रह गर्नुभएको छ ।
मन्त्रालयले ती स्वास्थ्य संस्थालाई ७ दिनभित्र कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने मेयर शाहले चेतावनी दिनुभएको छ ।
गएको ७ गते मेयर शाहले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने बताउनुभएको थियो ।
उहाँले अस्पतालमा १० प्रतिशत शय्या छुट्याएर गरिब तथा विपन्न बिरामीलाई उपचार दिएको विवरण हरेक महिनाको १० गते भित्र बुझाइसक्न पनि निर्देशन दिनु भएको थियो ।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको भन्दै उहाँले ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।
त्यसअघि गएको २ गते काठमाण्डौ महानगरपालिकाले उपचारका लागि पुग्ने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार दिन महानगरभित्रका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।