पाँच सय जना महिलालाई  निःशुल्क गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम प्रदान गर्दै बोर्ड

 जेठ २५, २०८० बिहिबार १८:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका महिलाहरूलाई आउँदो असार पहिलो हप्तादेखि गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम निःशुल्क प्रदान गर्ने भएको छ ।

 बिहीबार एक सूचना जारी गर्दै बोर्डले राहदानी बनाएका वा बनाउन सम्बन्धित निकायमा राजस्व बुझाइसकेका इच्छुक महिलाहरूलाई गार्मेन्ट मेसिन अपरेटरको सीप तालिम लिने चाहना भएमा सात दिन भित्र सम्पर्क गर्न आह्वान गरेको छ । 

यो सीप तालिम काठमाण्डौ उपत्यकाका विभिन्न नौ वटा तालिम प्रदायकले प्रदान गर्ने छन् ।  पहिलो चरणमा बोर्डले यो सीप तालिम पाँच सय जनालाई प्रदान गर्दै छ । 

यो सीप तालिम लिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ । आवेदन फारम निःशुल्क बुझाउन सकिन्छ ।

यो सीप तालिम आवासीय हुनेछ । खाने बस्ने सुविधासहितको यो तालिम लिएबापत पैसा तिर्न पर्दैन । 

तालिम लिन यी संस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Tika b k

    June 12, 2023, 10:54 a.m.

    म तालिम सिक्न चहान्छु

  •  0 Reply
  • कमला बिश्वकर्मा

    June 11, 2023, 8:10 p.m.

    म बिदेश जानको लागि यो तालिम लिन चाहान्छु काहा हो तालिम

  •  0 Reply

तपाईको प्रतिक्रिया