पाँचथरमा पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार

 असार ३, २०८० आइतबार १०:४४:५७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ ।

फालेलुङ-३ खोलाघारीमा मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान ७ बजे स्थानीयले जीवितै उद्धार गरेका हुन् ।

मध्यरातमा घर माथिबाट खसेको पहिराेले मनप्रसादको घर बगाएको थियो । मनप्रसाद र उहाँकी श्रीमती भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फसेकी थिइन् । बालिकाको खोजी गर्ने क्रममा बिहान जीवितै उद्वार गरिएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनुभयो ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका-४ हेवा खोला र माँझीटार क्षेत्रका ५ जना बेपत्ता छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया