हेवा खोलामा डाइभर्सन बनाएपछि फिदिम–ताप्लेजुङ सडकमा गाडी चल्न थाले

 असार १२, २०८० मंगलबार १८:४:० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवा खोलामा ह्युम पाइपमार्फत पानी तर्काएर डाइभर्सन गर्ने काम सकिएको छ । 

खोलामा ह्युम पाइपमार्फत पानी तर्काएर डाइभर्सन गरेपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्ड सञ्चालनमा आएको छ । यही असार ३ गते राति आएको बाढीले पुल बगाएपछि यो सडक खण्ड बन्द भएकाे थियो । 

खोलामा १६ वटा ह्युम पाइप राखेर डाइभर्सन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले बताउनुभयो । हेवा खोलाको पुल बगेपछि पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै ताप्लेजुङमा खाद्यान्न र दैनिक उपभोग्य वस्तु आपुर्ति हुन सकेको थिएन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया