विस्फोटका घटनामा संलग्न भएको आरोपमा रुपन्देहीबाट ३ जना पक्राउ

 असार १५, २०८० शुक्रबार ९:३३:५९ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु पक्राउ परेका रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले जानकारी दिनुभयो ।

हिजो पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । उनीहरुले मधेस पिपुल्स पार्टीको नामबाट वि भिन्न व्यक्तिलाई फोन गरी धम्काएर फिरौती रकम समेत माग्ने गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीन जनालाई मुलुुकी अपराध संहिता २०७४ अनुसार कारबाहीको प्रकृया अगाडि बढेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया