मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड फेरि अवरुद्ध, तमोर करिडोर पनि ठप्प

 असार १९, २०८० मंगलबार ११:२१:२४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - हेवा खोलामा बाढी आए‍पछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । खोलामा हिजो मात्र डाइभर्सन बनाएर गाडी चलाउन थालिएको थियो ।  तर, हिजो बेलुकादेखि परेको आरिघोप्टे वर्षाका कारण फेरि बाढी आउँदा राजमार्ग अवरुद्ध भएको हो ।

गएको २ गते राति आएको बाढीका कारण हेवा खोलाकाे पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्ध छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइए पनि खोला बढेर अवरुद्ध हुँदै आएको छ ।

यस्तै, अविरल वर्षासँगै आएको बाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्ध भएका छन् । धनकुटा र पाँचथर जोड्ने नावा खोलासँगै धनकुटाको चौबिसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवा खोलामा पानीको बहाव बढेकाले तमोर करिडोर पनि  अवरुद्ध भएको हो ।

निर्माणाधीन तमोर करिडोरका तीनवटै खोलामा पुल बनेको छैन । नावा खोलामा पानीको सतह बढ्दा गाडी चल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी  दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया