बैतडीमा पहिरोमा परेर आमा छोराको ज्यान गयो, तीन जना घाइते

 साउन ८, २०८० सोमबार ९:७:२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा पहिरोमा परेर आमा छोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरो जाँदा आमाछोराको ज्यान गएको हो ।

गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र पाँच वर्षीय छोरा रिजनको ज्यान गएको प्रहरीले जनाएको छ ।

अञ्जुका श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । पहिरोले देवर गोब्बर जागरी, सासुआमा राइमती र पाहुना आएकी छिमेकी जस्मा बोहरा घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । घर पूर्णरूपमा क्षति भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया