दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

 साउन ८, २०८० सोमबार १३:२९:५३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको  रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला नजिकै  सडकको छेउमा पल्टिएकाे हाे । 

घाइते हुनेमा तिलकबहादुर रोका, २२ वर्षीया अञ्जु चौधरी, ३५ वर्षीया दिलकुमारी बुढा, २६ वर्षीया निता बुढा, ४६ वर्षीया नम्रता पोख्रेल, ४२ वर्षीय घनश्याम बस्नेत, ३६ वर्षीया मनकुमारी खत्री र ४३ वर्षीया मिना गिरी रहेका छन् । 

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनालगत्तै गाडी नियन्त्रणमा लिइ चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया