रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ

 साउन १०, २०८० बुधबार ७:५२:२३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

भैरहवा – रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका– १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

लागुऔषध खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सालझण्डी बजारबाट पक्राउ परेका उनीहरुको साथबाट २ हजार ५ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरी निरीक्षक ईश्वरबहादुर थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया