फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गराैँ : प्रदीप पाैडेल

 साउन १४, २०८० आइतबार १३:१७:४४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन नहुने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता पौडेलले फौजदारी अभियोग लागेपछि पार्टीका सबै जिम्मेवारीबाट मुक्त हुने व्यवस्थाको कडाइका साथ पार्टीले पनि कार्यान्वयन गर्नुपर्ने बताउनुभयाे । उहाँले अभियोग लागेपछि छानबिन पूरा नहुँदासम्म पनि निलम्बन हुने वैधनिक व्यवस्था हुनुपर्ने बताउनुभयो ।

नेता पौडेलले सुन काण्डको प्रभावकारी र पारदर्शी छानबिन हुनुपर्ने भन्दै भरियालाई दोषी बनाएर मुख्य अभियुक्तलाई उन्मुक्ति दिने प्रयास गरिए गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डाक्टर प्रकाशशरण महतको राजीनामा मागिने बताउनुभयो ।

११ महिनापछि बसेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण हुनु पारदर्शीताको नमुना हो भन्दै उहाँले अबका बैठकहरू पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताउनुभयो । आउँदाे मङ्सिरमा हुने महासमितिको बैठकले कांग्रेसलाई 'मास बेस्ड बनाउने कि क्याडर बेस्ड' बनाउने भन्नेमा निर्णय गर्ने भन्दै केन्द्रीय सदस्य पौडेलले आफू भने 'मास बेस्ड' पार्टीको संरचनाको पक्षमा उभिने उल्लेख गर्नुभयाे ।

सङ्घीयता कार्यन्वयनका लागि बनेका संयन्त्रहरूले प्रभावकारी कार्यसम्पादन गर्न नसक्दा सङ्घीयताप्रति नै नकारात्मक धारणा बढिरहेको भन्दै उहाँले प्रदेश र सङ्घीय संरचनाहरूलाई चुस्त र मितव्ययी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया