बैतडीमा भत्ता बुझेर घर फर्किँदै गरेका वृद्ध मृत फेला

 साउन १६, २०८० मंगलबार १२:५३:२२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी - बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धकाे बाटाेमै ज्यान गएकाे छ । पञ्चेश्वर गाउँपालिका-६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी भन्ने ठाउँमा मृत भेटिनुभएकाे हाे । 

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ कुलाउँमा रहेकाे नविल बैंकबाट वृद्धभत्ता बुझेका भण्डारी हिजाे बेलुकीसम्म घर नपुगेपछि खाेजी गर्दा मृत भेटिनुभएकाे हाे । उहाँकाे शव आज बिहान फेला परेकाे हाे । 

भण्डारी झन्डै ६ घण्टा हिँडेर भत्ता लिन जानुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया