दाङमा फैलँदै आँखा पाक्ने रोग

 साउन १७, २०८० बुधबार ९:२९:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा आँखा पाक्ने रोग फैलिएको छ । रोग फैलिएसँगै बिरामीको संख्या पनि बढेकोे छ ।

कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण राप्ती आँखा अस्पताल तुलसीपुरमा दैनिक पाँच सय २१ जना बिरामी आउने गरेका छन् । त्यस्तै लमही आँखा अस्पतालमा दैनिक तीन सय १३ जना र भालुवाङ उपचार केन्द्रमा दैनिक झण्डै ८० जना बिरामी आउने गरेको लमही आँखा अस्पताल देउखुरीले जनाएकाे छ । 

यस्तै राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रमा दैनिक ४५ जना बिरामी आउने गरेको केन्द्रका इन्चार्ज विमल बुढा क्षेत्रीले जानकारी दिनुभयो  ।

रोगका कारण आँखा पाकेर बढी मात्रामा केटाकेटीहरू अस्पताल आउने गरेका छन् । राेगकाे लक्षणकारुपमा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या देखिने गरेकाे इन्चार्ज बुढा क्षेत्रीले बताउनुभयो ।

सङ्क्रमणबाट जाेगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग गर्नु हुँदैन । त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन पनि इन्चार्ज बुढा क्षेत्रीले सुझाव दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया