'लम्पी स्किन' बाट दैलेखमा ५ सय ९४ पशु मरे

 साउन १७, २०८० बुधबार १९:१३:५८ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखका ११ वटै पालिकामा फैलिएको 'लम्पी स्किन' रोगका कारण पाँच सय ९४ पशुचौपाया मरेका र ७४ हजार सात सय ५३ पशुचौपाया सङ्क्रमित भएका पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ ।

मर्ने पशुचाैपायमा सबै गाईगोरु रहेका सङ्क्रमित हुनेमा भैँसी पनि रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर विष्टले जानकारी दिनुभयाे । सङ्क्रमितमध्ये १९ हजार नौ सय ६४ पशुचौपाया निको भएका उहाँले जानकारी दिनुभयो ।

लम्पी स्किन सङ्क्रमणबाट पशुहरूमा फोको उठ्ने, पाक्ने र किरा पर्ने गरेको पाइएको बताउँदै पशु सेवा केन्द्र र पालिकाका पशु सेवा प्राविधिकहरू परिचालन गरी प्राथमिक उपचार प्रयास गरिएको विष्टले बताउनुभयो । प्राथमिक उपचारपछि पनि निको नभएका पशुलाई थप उपचारका लागि पशु अस्पतालमा पठाइएकाे छ ।

जिल्लामा प्राप्त भएको एक हजार डोज खोपमध्ये दुल्लू र आठबीस नगरपालिका, ठाँटीकाँध, महाबु र भगवतीमाई गाउँपालिका गरी पाँच वटा पालिकामा चार सय पैतीस पशुलाई खोप लगाएको पशु सेवा कार्यालयले बताएकाे छ ।

पशु मरेका र पशु सङ्क्रमित भएका किसानहरूलाई क्षतिपूर्ति र उपचारमा सरकारी निकायबाट सन्तोषप्रद तरिकाबाट तत्परता नपाइएको राष्ट्रिय कृषक समूह महासङ्घका कर्णाली प्रदेश सदस्य तेजबहादुर थापाको गुनासो छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार जिल्लामा किसानहरुले एक लाख २७ हजार छ सय २१ वटा गाईगोरु र एक लाख एक हजार चार सय तीन वटा भैँसी पालेका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया