कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन २०, २०८० शनिबार ७:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले कोशी  र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित अरु बाँकी थोरै ठाउँहरुमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो मनसुनमा अहिलेसम्म मधेस प्रदेशमा खासै पानी परेको छैन । तर छिटफुट पानी परेको महाशाखाका मौसमविद् बिनु महर्जनले बताउनुभयो ।

पानी पार्ने प्रणाली नेपालतिर सर्नेक्रममा रहेकाले आजभन्दा भोलि मधेस प्रदेशसहित देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि आइतबार वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाढी पूर्वानुमान महाशाखाले पर्सिसम्म नै नदी तटीय क्षेत्र तथा डुबान हुने होचो ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया