वडाध्यक्षकाे नेतृत्वमा स्थानीयले सडक मर्मत शुरु गरे

 साउन २१, २०८० आइतबार १४:१६:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्युठानको मल्लरानी गाउँपालिका–३ का वडाध्यको नेतृत्वमा एक सय जनाभन्दा बढी स्थानीयले सडक मर्मतको काम शुरु गरेका छन् । सरकारी कामकाजमा जनश्रमदानलाई अनिवार्य गरे पनि सक्रियता कम भएको भन्दै आफ्नै नेतृत्वमा स्थानीयको सहभागिता गराएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिनुभयो ।

मल्लरानी गाउँपालिका–३ धरमपानीदेखि रस्पुरकोट–गिरचौर–शिरकोट हुँदै मल्लरानी गाउँपालिका–५ को सरङकोटसम्म जोड्ने मोटरबाटाेको मर्मत गरिएको छ । सडक मर्मतबाट दुई वटा वडाका पाँच सय ७० वटा घरधुरी लाभान्वित भएका छन् ।

बर्खाले गर्दा मोटरबाटोका विभिन्न ठाँउमा पहिरो गएको, भलका कारण खाल्डाखुल्डी परेको तथा बाटोको दायाँबायाँ रहेका बुट्यानहरू हटाउने काम स्थानीयले गरेका हुन् । स्थानीयसँगै जनश्रमदानमा जुटेका मल्लरानी गाउँपालिका–३ का वडाध्यक्ष पौडेलले बर्खाकाे समयमा भलले गाउँका मोटरबाटाे बिग्रिएको भन्दै जनश्रमदानमार्फत मर्मत गर्नुपर्ने बताउनुभयो । 

बर्खाकाे समयमा आफ्नो बाटो आफैँ बनाऔँ भनेर सबै धरधुरी आएका छौँ स्थानीय समाजसेवी ठमानसिंह रानाले भन्नुभयो, वडाध्यक्ष नोमराज पौडेल आउनुभयो, आफैँ खन्नुभयो, हामीलाई हौसला प्रदान गर्नुभयो । उहाँको हातमा फोरासमेत परेका छन्, उहाँसँगै काम गर्दा हामीलाई पत्ताे नै भएन।

अर्का स्थानीय समाजसेवी देवराज पौडेलले हरेक वर्ष यस्तै बाटो मर्मत गर्नुपर्ने बाध्यता भएकोले नालीसहितको बाटोको स्तराेन्नतिको व्यवस्था गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Sā NEy dham

    Aug. 9, 2023, 11:03 p.m.

    के हुँदै छ पूर्विचौकी मा यसो सुनपया हुन्थ्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया