सुनसरी र मोरङमा आरीघोप्टे वर्षा, बाढीको चेतावनी

 साउन २२, २०८० सोमबार १७:११:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुनसरीको तरहरा र मोरङको हरैँचा, विराटनगरलगायत आसपासका क्षेत्रमा आरीघोप्टे वर्षा भएको छ । गएकाे तीन घण्टामा भएको आरीघोप्टे वर्षाका कारण त्यस क्षेत्र भएर बग्ने नदीहरूको बहाव बढ्ने जोखिम रहेको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएकाे छ । 

केन्द्रले सूचना निकालेर सिंघीया खोला, खेसलिया, बुढीखोला, चिसाङ खोला, लोहन्द्रा खोलालगायत आसपासका स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा बेलुका ७ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै चितवनको ठोरी, मकवानपुरको राजैया, ओखलढुङ्गा, नवलपुर, बर्दियालगायतका क्षेत्रमा पनि ठूलो पानी परिरहेको छ । अहिले देशका सबैजसो ठाउँको मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया