दोश्रो खत्रीठाँटी खुला रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार एक लाख रुपैयाँ

 कात्तिक १३, २०७५ मंगलबार १९:३२:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीमा दोश्रो खत्रीठाँटी खुला रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ ।

स्थानीय जनशक्ति युवा क्लबको आयोजनामा मंगलबारबाट फुटबल प्रतियोगिता सुरु भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उहाँले मानव स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

गाउँगाउँमा फुटबल प्रतियोगिता हुनु आफैमा गर्वको कुरा रहेको उहाँले बताउनुभयो । आयोजक क्लबका अध्यक्ष नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा ३० फुटबल समूहले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

द्वितीय हुनेले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र रहेको छ । सर्वाधिक गोलकर्ताका साथै उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

लुकेर बसेका खेलप्रतिभालाई उजागर गर्नुका साथै युवालाई रचनात्मक काममा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।    

सरोकारवालाहरुले स्थानीय जनशक्ति युवा क्लबले खेलकुदका साथै समाजमा रहेका विकृति– विसंगति न्युनिकरणमा काम गर्दै आएकोमा खुशी व्यक्त गरेका छन् ।
समाजमा परिवतर्न आउने खालका सकारात्मक काम गर्न क्लब अबका दिनमा पनि लागिपर्नु जरुरी रहेको उनीहरुले बताएका छन् ।  

प्रतियोगितात्मक खेल भने बुधबार बिहानबाट सुरु हुनेछ ।    

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया