असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – फिफा महिला विश्वकप २०२३ को क्वाटरफाइनल खेल भोलि शुक्रवारदेखि शुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे नवाैँ संस्करणकाे प्रतियाेगितामा आयाेजक अस्ट्रेलियासहित स्विडेन, जापान, स्पेन, नेदरल्यान्ड्स, फ्रान्स, इङ्ग्ल्यान्ड र काेलम्बिया क्वाटरफाइनलमा पुगेका छन् ।
यसपालिकाे प्रतियाेगितामा ४ पटककाे च्याम्पियन अमेरिका, २ पटककाे च्याम्पियन जर्मनी, ओलम्पिकमा स्वर्ण पदक विजेता क्यानडा र छैटाैँ पटक विश्वकप खेलिरहेकाे ब्राजिल फिफा महिला विश्वकपकाे क्वाटरफाइनलमा नपुग्दै बाहिरिएका छन् । यसपालिकाे क्वाटरफाइनलमा जापानमात्र एक यस्ताे टिम छ जसले पहिले पनि विश्व च्याम्पियन बन्ने अवसर पाएकाे छ । जापान् सन् २०११ काे च्याम्पियन जापान हाे । याे संस्करणमा जापान क्वाटरफाइनलमा पुग्ने एकमात्र एसियाली टिम हाे । यस्तै स्पेन र काेलम्बियाले पहिलाे पटक विश्वकपकाे अन्तिम–८ मा स्थान बनाएका छन् । यस्ताेमा यसपालि महिला विश्वकपले नयाँ च्याम्पियन पाउन सक्ने सम्भावना बढी छ ।
क्वाटरफाइनलमा पुग्ने स्विडेन एकमात्र यस्ताे टिम हाे जसले सबै संस्करणमा भाग लिएकाे छ, साथै ३ पटक सेमिफाइनलमा स्थान बनाएकाे छ ।
क्वाटरफाइनलकाे पहिलाे खेलमा भाेलि बिहान पाैने ७ बजे स्पेन र नेदरल्यान्ड्सबीच खेल हुनेछ । भाेलि नै दाेस्राे खेलमा दिउँसाे सवा १ बजे जापान र स्विडेन खेल्नेछन् ।
यस्तै पर्सि शनिवार पहिलाे खेलमा दिउँसाे पाैने १ बजे अस्ट्रेलिया र फ्रान्सबीच खेल हुनेछ । त्यही दिन दाेस्राे खेलमा सवा ४ बजे इङ्ग्ल्यान्ड र काेलम्बियाबीच खेल हुनेछ ।
फाइनल खेल अगस्ट २० मा स्टेडियम अस्ट्रेलियामा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।