भाेलिदेखि ३ दिनसम्म ठूलाे पानी पर्ने सम्भावना : बाढी, पहिरो र डुबानको जोखिम

 साउन २६, २०८० शुक्रबार १४:२७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज शुक्रवार दिउँसो १२ बजे विशेष बुलेटिन निकालेर भाेलि शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ ।

महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतवार पनि देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुनेछ । सोमवार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमवार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।

विभागले भोलिदेखि सोमवारसम्म पहाडी भूभागमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको, शहरी क्षेत्रमा डुबान हुनसक्ने तथा देशका साना–ठूला नदीको सतह बढ्ने अनुमान गरेको छ । विभागले सडक र हवाई यातायात अवरुद्ध हुनसक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया