असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो । सिटी साविक उपाधि विजेता टोली हो ।
गएराति बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा रोड्रीले एक गोल गरे । हालान्डले खेलको चौथो र ३६औँ मिनेटमा तथा रोड्रीले ७५औँ मिनेटमा गोल गरे । जितसँगै सिटीले पहिलो खेलबाट तीन अङ्क जोडेको छ । बर्नली प्रिमियर लिगमा यसै सिजन बढुवा भएको हो ।
सिटीले गएको सिजन युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन वटा उपाधि जितेको थियो । सिटी एकै सिजन यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो । प्रिमियर लिगमा आज ६ वटा खेल हुँदैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।