सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न बोलाउँदैनन्, म के गरुँ ? : महरा

 साउन ३०, २०८० मंगलबार १३:५०:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउन आफू तयार रहेको बताउनुभएको छ ।

आज मङ्गलवार दाङमा भएको कार्यक्रममा महराले आफूलाई जाेडेर आएका विषयमा प्रष्ट पार्दै अनुसन्धानमा सघाउन तयार रहेको जनाउनुभएको हो । विद्युतीय चुरोट अर्थात् भेपभित्र लुकाएर ल्याएको नाै किलो सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उहाँका छोराको नाम जोडिएको छ । अनुसन्धानका लागि बोलाउनुस् भनेको तर सम्बन्धित निकायबाट आफूलाई नबोलाएको महराको दाबी छ ।

‘सुन प्रकरणबारे अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन्, म के गरुँ ?’ उहाँले भन्नुभयो । महराले सुन तस्करी प्रकरणमा नाम जोडिएका चिनियाँ व्यापारी वाङलाई १० वर्ष अघिदेखि फलफूल व्यापारीका रूपमा मात्र चिनेको पनि बताउनुभयो ।

‘वाङले मेरो महत्त्वपूर्ण सामान भन्सारमा रोकियो भनेका थिए, उनले सुनको स पनि उच्चारण गरेका थिएनन्, मैले चाहिँ कानुनअनुसार छुट्नुपर्ने सामान हो भने कानुन हेरेर छाडिदिनुहोला मात्रै भएको हो, मैले सुन भन्ने थाहा पाएको थिएन’, महराले भन्नुभयो ।

आफूलाई यो प्रकरणमा किन जोडियो र केही समूह किन पछि लागेका छन् भनेर अचम्म लागेको महराको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया