अबको दुई/तीन दिन लगातार पानी पर्ने सम्भावना छैन : मौसमविद्

 भदौ १, २०८० शुक्रबार ८:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - मनसुन कमजोर बनेसँगै पानी पर्ने क्रम घटेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली छ ।

मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा तलतिर सरेकाले नेपालमा तत्काल लगातार वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भने हुने उहाँले बताउनुभयो ।

आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ । अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । तराई मधेसका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन ।

मौसमविद्का अनुसार अहिले तत्काल केही दिनलाई लगातार पानी नपरे पनि त्यसपछि भने पानी पर्ने सम्भावना रहन्छ । मनसुनको अवधि कायमै रहेकाले मनसुन फेरि सक्रिय भइ ठूलो पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया