कार्यकक्षमै थुनिए नेपाल संस्कृत विश्वविद्यालयका कुल–सचिव

 भदौ १, २०८० शुक्रबार १९:३०:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल संस्कृत विश्वविद्यालयका कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको, विद्यार्थीकाे समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले आज शुक्रवार कुल–सचिव अधिकारीलाई तीन घन्टा कार्यकक्षमा थुनेका हुन् ।

४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा हुँदा पनि प्रकाशित नगरेका कारण आजकाे आन्दोलन गर्नुपरेको स्ववियु सदस्य पारस गिरिले बताउनुभयाे । कुल–सचिव अधिकारीले भने विद्यार्थी सबै प्रक्रियाका बारेमा जानकार नहुँदा आजको घटना भएको बताउनुभयाे ।

आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा शुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने नियम रहेको समयमै प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा ढिला भएको स्ववियुले जनाएको छ । स्ववियु र विश्वविद्यालयबीच भएको छलफलमा भदाै १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ ।

दुई महिनाअघि विश्वविद्यालयका तीन ठाउँमा लागेको ताला खुलेको एक हप्ता नहुँदै आज फेरि यो घटना भएको हाे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया