आज र भोलि लगातारजसो पानी पर्ने, पश्चिमी क्षेत्रमा अति ठूलो वर्षाको सम्भावना

 भदौ ४, २०८० सोमबार ७:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ ।

मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना छ । कँडेलका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आज राति पश्चिमी क्षेत्रमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई  ठाउँमा अति ठूलो पानी पर्ने मौसमविद्काे अनुमान छ। अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।  कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोको जोखिम समेत रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । यी प्रदेशका नदी तथा खोलामा बाढीको चेतावनी पनि दिइएको छ ।  
 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया