पाँचथरमा बलात्कार आरोपमा एकजना पक्राउ

 भदौ ६, २०८० बुधबार १३:२३:४१ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा फरक क्षमता भएकी बालिका बलात्कार गरेको आरोप लागेर फरार भएका ५० वर्षीय गंगा राईलाई प्रहरीले सदरमुकाम फिदिमबाट पक्राउ गरेको छ।

राईले साउन २९ गते बालिका बलात्कार गरी फरार रहेको पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

राईलाई मंगलवार साँझ ५ बजे सदरमुकाम फिदिमबाट पक्राउ गरी पाँचथर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिनुभयो ।

यस्तै पाँचथर प्रहरीले नागरिकता किर्ते अभियोगमा पाँचथर जिल्ला अदालतबाट दोशी प्रमाणित भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिदिम नागरपालिका १४ का मेखबहादुर राई रहेको पाँचथर प्रहरीले जनाएको छ ।

राई विरुद्व परेको नागरिकता किर्ते अभियोगको मुद्वामा पाँचथर जिल्ला अदालतमा २०७९ भदौ १६ गते भएको सुनुवाइ पश्चात भएको फैसलामा दोषी ठहर गर्दै २० हजार रुपैँया जरीबाना र एक वर्ष कैद सजाय सुनाइएको थियो ।

फैसला पछि फरारको सूचीमा रहेका राईलाई फिदिम नगरपालिका – १ बाट पक्राउ गरी फैसला कार्यन्वयनका लागि अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया