विद्यार्थीलाई डेङ्गी र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन आग्रह

 भदौ ७, २०८० बिहीबार ७:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीलाई डेङ्गी र आँखा पाक्ने रोगप्रति सचेतना फैलाउन मातहतका निकायलाई आग्रह गरेको छ ।

सातवटै प्रदेशका शिक्षा सम्बद्ध मन्त्रालय, पालिका र शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै डेङ्गी र आँखा पाक्ने रोग फैलिरहेकोले शिक्षक, विद्यार्थी र कर्मचारीलाई चनाखो रहन आग्रह गरिएको छ । केन्द्रको योजना तथा अनुगमन शाखाका शाखा अधिकृत प्रकाशकुमार खरेलले केन्द्रले डेङ्गी र आँखा पाक्ने रोगबारे सचेतना फैलाउनसमेत आग्रह गरेको बताउनुभयो ।

डेङ्गी र आँखा पाक्ने जस्तो रोग छिट्टै फैलिने र विद्यार्थी तथा कर्मचारीको स्वास्थ्यलाई असर पार्ने भएकाले शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई प्रकोपको अवस्थामा यी रोगको लक्षण, रोकथामका उपाय र सुरक्षाका लागि चाल्नुपर्ने उपयुक्त कदमबारे सचेतना जगाउनका लागि सही र सान्दर्भिक जानकारी प्रदान गर्न आवश्यक रहेको केन्द्रले गरेको परिपत्रमा उल्लेख छ ।

केन्द्रले शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनलाई निरन्तरता दिनका लागि डेङ्गी र आँखा पाक्नेसम्बन्धी सूचना राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेको सामग्री प्रसारण गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई सुरक्षितरूपमा निरन्तरता दिनसमेत आग्रह गरेको छ । देशभर अहिले डेङ्गी र आँखा पाक्ने रोग फैलिरहेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया